प्रहरीद्वारा ५० हजार लिटर विषादियुक्त घरेलु मदिरा नष्ट

काडमाडौँ। प्रहरीले काठमाडौंमा करिव ५० हजार लिटर भन्दाबढी विषादियुक्त घरेलु मदिरा नष्ट गरेको छ।

महानगरीय प्रहरीको टोलीले बुधबार काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको मानव स्वास्थ्यलाई अहित हुने खालका करिव ५० हजार लिटर घरेलु महिरा नष्ट गरिएको हो। टेकुस्थित महानगरी प्रहरी परिसर भित्रै नष्ट गरिएको सो मदिरामा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने अखाद्य बस्तुहरु मिसावट गरिएको पाइएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

परिसरले गृहमन्त्री रामबहादुर थापाको प्रत्यक्ष निर्देशनमा विगत ५ दिनयता घरेलु मदिरा नियन्त्रण अभियान नै संचालन गरेको थियो।

अभियानको क्रममा मानव स्वास्थ्यमा अहित हुने खालको घरेलु मदिरा ठूलो परिणाममा पाइएको पनि एसएसपी पोखरेलले बताए।

प्रहरीले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खालका घरेलु मदिरा नष्ट गर्ने अभियानलाई जारी राख्ने पनि स्पष्ट पारेको छ। एसएसपी पोखरेलले मिसावटयुक्त घरेलु मदिरा उत्पादन गरेको थाहा पाइए सूचना दिन पनि सबैलाई आग्रह गरे।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »