गंगामायाको स्वास्थ्य अवस्था बुझ्न नेता रामचन्द्र पौडेल वीर अस्पतालमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनसनमा बसेकी गंगामाया अधिकारीको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। वरिष्ठ नेता पौडेलले मंगलबार बिहान वीर अस्पतालको आईसियूमा राखिएकी गंगामायाको स्वास्थ्य अवस्था बुझेपछि तत्काल उनको माग सम्बोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन्।

द्वन्द्वकालमा हत्या गरिएका छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्थ जटिल भएपछि आईसियूमा राखिएको छ। वरिष्ठ नेता पौडेलले अमानवीयताको परकाष्ठा भएको भन्दै गंगामायालाई न्याय दिन ढिलाई गर्न नहुनेमा जोड दिए।

उनले छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बसेकी गंगामायाका पति नन्दनप्रसाद अधिकारीको पनि वीर अस्पतालमै ज्यान गएको उल्लेख गर्दै पीडितलाई न्याय दिन सरकारसँग जोडदार माग गरे। वरिष्ठ नेता पौडेलले गंगामायाको छोराको हत्यारालाई संरक्षण गर्ने काम कसैले पनि गर्न नहुनेतर्फ सचेत गराए।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »