नेपाली काँग्रेसद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ।

सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको बैठकको कारवाही सुरु भएको जानकारी गराउन लाग्दा कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आफुहरुले प्रतिनिधिसभा नियमावलि अनुसार संसद सचिवालयमा दर्ता गरेको डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा राख्न माग गरे। उनले सो प्रस्ताव कार्यसूचीमा नराखिएसम्म बैठक चल्न नसक्ने बताए।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »