पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा जे देखियो...(भिडियोसहित)

आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन शनिबार मनाएका छन् । नेपालगन्जको सोल्टी होटलमा ज्ञानेन्द्र शाहको जन्मदिन मनाइएको हो।

होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ औं जन्मदिनको शुभकामना र बधाई दिएका थिए।

आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीनातिना सहित पूर्व राजा ज्ञानेन्द्र शाह बिहिवार नेपालगन्ज पुगेका थिए। 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »