आगामी बर्षमा १ लाख युवाहरुलाई रोजगारी: श्रममन्त्री गोकण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी बर्षमा कम्तिमा १ लाख युवाहरुलाई रोजगारी दिने गरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापना गरिने बताएका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत रहेर रोजगारीको अवसरलाई आधारभूत तह सम्म पहुँच पुर्‍याउने गरि आन्तरिक रोजगारी श्रृजना गर्ने कार्यक्रम निर्माण भइरहेको बताएका हुन्।

उनले खानेपानी, कृषि, उर्जा लगायत विभिन्न मन्त्रालयसंग समन्वयात्मक भुमिका मार्फत मन्त्रालयले रोजगारी श्रृजना गर्ने तयारी गरिरहेको र केही दिन भित्रै ७ सय ५३ वटै स्थानीय सरकारमा रोजगारी श्रृजना गरिने व्यवस्थित कार्यतालिका सार्वजनिक गरिने जानकारी दिए।

उनले ७५३ वटै स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापना गरि आगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरि सरकारले कार्य प्रारम्भ गरिसकेको बताए।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »