सिंहदरबार बाहिर धर्ना बसेका मानवअधिकारकर्मीहरु यसरी समातिए (भिडियोसहित)

काठमाडौँ। मानव अधिकारीकर्मीहरुले स्वतन्त्रताको रक्षा गर्न सरकारसँग अपिल गर्दै मंगलबार सिंहदरबारको दक्षिण गेट अगाडि एक घण्टा धर्ना दिएका छन्।

सरकारले काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि  त्यसको बिरोधमा दैनिक प्रर्दशन गर्दै आएका मानव अधिकारकर्मीहरुले मंगलबार एक घण्टा सिंहदरबारको दक्षिण गेटअघि धर्ना दिएका हुन्। सरकार स्वेच्छाचारी बन्दै गएपछि त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको मानव अधिकारकर्मी कृष्ण पहाडीले जानकारी दिए। उनले सत्याग्रह प्रतिकूल र हिंसाप्रति नरम हुने खालको सरकारको व्यवहार देखिएको भन्दै आपत्ति पनि जनाए।

यसैबीच, निषेधित क्षेत्र तोडेर धर्नामा सहभागी भएका पहाडीसहित एक दर्जन बढि मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानव अधिकारकर्मीहरुले वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षा गर्न समेत सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन्।

 

 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »