राप्रपा प्रजातान्त्रिकद्वारा दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधिश बनाउन सरकारसँग माग गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले संसदीय सुनुवाई समितिमार्फत् प्रधानन्यायाधिशमा प्रस्तावित जोशीको प्रस्ताव अस्विकार गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिए।

बुधबार काठमाडौंको माईतीघर मण्डलामा सरकारको विरोधमा पार्टीद्धारा आयोजित ‘विरोध जुलुस’ लाई सम्बोधन गर्दैै उनले संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई प्रधानन्यायाधीश नबनाए त्यो शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने भन्दै आक्रोश पनि व्यक्त गरे।

अध्यक्ष राणाले चर्को मूल्य वृद्धि र करको भार जनताले थेक्न नसक्ने भएपछि सरकारविरुद्ध आफूहरु सडक संघर्षमा आउनु परेको पनि स्पष्ट पारे। उनले सरकारले जनतालाई पीडा मात्रै दिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए। उनीहरुले सरकारले आफ्ना जनविरोधि कदम तत्काल नसच्याए कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका थिए।

 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »