नेपाली रोबोटको 'डेमोन्सट्रेसन' प्रस्तुती (फोटो/भिडियो)

काठमाडौँ। पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले नेपालको प्रतिनिधित्व गर्दै एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता (एबीयु रोबोकन) मा सहभागिता जनाउँदै छन्।

उक्त प्रतियोगिता आउँदो २५ अगस्टमा भियतनामको निनबिनमा आयोजना हुनेछ। सोही अवसरमा पुल्चोक क्याम्पसस्थित रोबोटिक्स क्लबमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा विद्यार्थीहरुले बनाएको रोबोटले डेमोन्सट्रेसन प्रस्तुत गरेको थियो।

एबीयु रोबोकन प्रतियोगितामा सोही रोबर्ट लिएर पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सहभागिता जनाउन लागेका हुन्। प्रतियोगितामा आयोजक देशका दुई टिमसहित करिब २० राष्ट्रले सहभागि जनाउनेछन्। जहाँ नेपालबाट ६ रोबोट सञ्चालकसहित २५ विद्यार्थीले उक्त प्रतिायागितामा सहभागि जनाउने बताइएको छ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »