गृहमन्त्री थापाको दावी: भक्तपुर 'इन्काउन्टर' फेक होइन

चितवन। गृहमन्त्री रामबहादुर थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरु इकाउन्टरमै मारिएको दावी गरेका छन्। शुक्रबार बिहान भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो दावी गरेका हुन्।

उनले २४ घण्टा भित्रै अपहरणकारीहरुलाई निष्तेज पार्न सरकार सफल भएको दावी समेत गरे। साथै उनले फेक इन्काउन्टर हल्ला मात्रै भएको बताए। गत सोमबार सुर्यविनायकको वडा नं. ८ स्थित गणेशमन्दिर नजिकै रहेको जंगलमा प्रहरीको गोली लागि अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो।

प्रहरीले उनीहरु इन्काउन्टरमै मारिएको दावी गर्दै आएको छ। तर स्थानीयहरुले भने इन्काउन्टरमा मारिएको भन्ने कुरा फेक भएको बताएका छन्। गृहमन्त्री थापाले बिहीबार इन्काउन्टरबारे छानविन हुने बताएका थिए।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »