संकटमा ओली: मोदी बचाउने कि राष्ट्रवादी अडान ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी सांसदका प्रश्नले घेरिए ।

अन्य देशका सरकार प्रमुखहरू नेपाली सेनाको र नेपाल सरकारको सुरक्षाप्रति विश्वस्त हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किन अविश्वाँस गरेर आफ्नै सेना लिएर नेपाल आए ?

भारतको नेतृत्वमा संयुक्त सैन्य अभ्यास गरेर के गर्न खोजेको हो ? यस्तो गर्दा पाकिस्तान सहित अन्य मुलुकसँग सम्बन्ध बिग्रिदैन ?

विमिस्टेकका पाहुनालाई गोकर्णमा ट्रिट दिने भनियो, तर बाटो बनाउन समेत नसकेर होटलको एउटा कुनामा कठै पाराले रिट्रिट दिइयो ? के प्रधानमन्त्रीले भनेको यही हो सफलता ?

राष्ट्रिय सभामा सम्मेलन नगरेर महँगो सोल्टी होटलमा किन विमिस्टेक सम्मेलन गरेको ?

प्रधानमन्त्रीले यस्ता निकै पेचिला र आक्रामक प्रश्नको सामना गर्नु पर्यो ।

विमिस्टेक सम्मेलन सकिएपछि त्यसबारे जानकारी दिन संसदमा सम्बोधन गरेका प्रधानमन्त्री ओली सांसदहरूका प्रश्नको संगालो लिएर रोष्टममा उत्तर दिन उभिए ।

ओलीको शैली थाहै छ, व्यंग्य र ठट्टा गर्दै एकएक उत्तर दिन उनी आक्रामक शैलीमै उत्रिए ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »