प्रधानमन्त्री ओली हिडेपछि कोमल वालीको पालो, रंगमञ्च बन्यो संसद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनमा आज सम्बोधन गरेका छन् । राष्ट्रिय सभामा सम्बोधनका लागि मात्रै पुगेका ओली त्यसपछि त्यहाँबाट हिडिहाले । राष्ट्रिय सभा भने चलिरह्यो ।

जब प्रधानमन्त्रीको सम्बोधन सकियो त्यसपछिको राष्ट्रिय सभाको दृश्य रोचक थियो । तीजको भाकामा गीत गाउने देखि सांसदका रोचक अभिव्यक्तिले बैठक हल कुनै सांगितिक एवं हास्यव्यंग्यको रंगमञ्च जस्तो बन्यो ।

राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वली रोष्टममा सम्बोधनका लागि डाँकिएकी थिइन्, तर उनले त तीजको गीत नै गाउन अनुमति मागिन् ।

सभा अध्यक्षले वलीलाई बालबालिका संरक्षण सम्बन्धी एनमा आफ्नो धारणा राख्न समय दिएका थिए । तर वली तीज गीत गाउन तम्सिएपछि सभा हलमा रमाइलो वातावरण बन्यो ।

अर्का सांसद रामनारायण विडारीले पनि मज्जैले मनोरञ्जन दिए । उनको भाषणमा नहास्ने सांसद नै थिएनन् ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »