बालुवाटारमा 'नो ओली', 'नो इन्ट्री' (भिडियो ब्लग)

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ओली वंशको साधारण सभासिहत विभिद कार्यक्रम चल्यो । प्रवेश द्वारमा कर्मचारी र सुरक्षाकर्मीले ओली थर हुनेलाई धमाधम इन्ट्री दिन्थे भने अन्य थर, जातिका सबै आउट गरियो । शंकाको घेरामा परेका आगन्तुकले गेटमा ओली थर प्रमाणित गर्न नागरिकता पनि देखाउनु पर्यो ।

प्रधानमन्त्री ओली परिवारको सम्मानसहित सांगितिक कार्यक्रम, दिवा भोज र ओली वंशको अन्तरकृयात्मक परिचय कार्यक्रम भित्र चलिरहेको प्रवेश द्वारका कर्मचारीले जानकारी दिए ।

पत्रकारलाई छानिछानी निगरानीसहित प्रवेश रोक गरिएको थियो । दृश्य कैद गर्न र भिडभाड गर्न नदिन भित्रबाट आदेश आएको भन्दै कर्मचारीले बारम्बार पत्रकारलाई सचेत गराएका थिए ।

प्रधानमन्त्रीको निजि निवास बालकोटमा भए सुहाउने थियो होला, तर सरकारी निवास बालुवाटारमा जाति, थर र पेशा हेरेर प्रवेश र निषेधको नियम लागू गरिएको कुरा त्यहाँ पुग्ने ओली इतरका मान्छेहरूले पटक्कै मन पराएनन् । कतिपय प्रधानमन्त्रीसँग भेट गर्ने समय पाएकाहरू पनि ‘भोली आउनुस् आज ओली थर वाहेकलाई प्रवेश नगराउनु भन्ने आदेश छ’ भन्ने जवाफ पाएर फर्किए ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »