जनप्रतिनिधि हातपात प्रकरण : प्रहरी छानबिन सुस्त

डिसी नेपाल
८ साउन २०७९ १४:१७

महोत्तरी। महोत्तरीकाे जलेश्वर नगरपालिका-१२ का वडाध्यक्षमाथि २९ असारमा भएकाे हातपातकाे घटना बारे प्रहरीले छनबिन प्रिक्रियालाई अझै तदारुकताका साथ सुरू नगरेकाे आराेप छ। प्रहरीकै बेवास्तका कारण जनप्रतिनिधि र सेवाग्राहीबीचकाे भएको झगडा उत्कर्षमा पुगेको छ।

२९ असारमा वडा नम्बर १२ का अध्यक्ष रामकिशोर साहमाथि एक सेवाग्रहीले हातपात गरेकाे आराेप छ। तर सेवाग्रहीले भने मलखादको विषयमा सामान्य विवाद मात्र भएको दाबी गरेका छन्। घटनामा सम्लग्नकाे आरोपमा अध्यक्ष साहले स्थानीय सोहन पौडेल, समिर बैठा, रामनिवन महतो, बिमलेश महतो, सन्जिव महतो, सरोजकुमार शर्मा, उपेन्द्र महतो र चान्द नटविरुद्ध किटानी जाहेरी दिएका छन्। उनले इलाका प्रहरी कार्यालय बर्दिवासमा किटानी जाहेरी दिएका छन्।

तर, अध्यक्ष साहको किटानी जाहेरी इलाका प्रहरी कार्यालयले दुई दिनसम्म पनि दर्ता गरेनन्। स्थानीयकाे दबाबपछि मात्रै जाहेरी दर्ता भएकाे थियाे । तर जाहेरी दर्ता गरेको एक साता बित्न लाग्दा समेत प्रहरीले अनुसन्धान सुरुवात गरेको छैन। आराेपलाई पक्राउ पुर्जी जारी गरेर घटनामा सम्लग्नलाई पक्राउ गर्ने प्रयास भैइरहेको प्रहरीले बताउँदै आएको छ।

के भएको थियो ?

वडा नम्बर १२ को लागि जेठ महिनामा ५४ बोरा डिएपी र युरिया मल आएकाे थियाे। स्थानीय तह चुनावको गर्मागर्मी बढिरहेको बेला उक्त मल केही नजिकका मान्छेलाई मात्रै वितरण गरेको पीडक भनिएका सोहन पौडेल पक्षको भनाइ छ।

अध्यक्ष रामकिशोर साहका अनुसार २४८ बोरा थप मल समेत वडा नम्बर १२ को लागि आएपछि वडा कार्यालयमा स्थानीयसँग कसरी वितरण गर्ने भन्ने सम्बन्धमा छलफल भैइरहेको थियो। ‘छलफलका क्रममा जाहेरीमा उल्लेख गरिएका व्यक्ति आए र मलाई पछाडिबट हान्न थाले,’ उनले भने, ‘उनीहरूले मेरो मोबाइल खोसेर अभद्र व्यवहार गरे।’

दुबै मोबाइल खोसिनु र कार्यालयमा प्रवेश गरेर आक्रमण गर्नुले घटना पूर्वाग्राही ढंगले घटाएको अनुमान छ। `कसैलाई अध्यक्षले फोन गरेर बोलाउँछ भनेर मोबाइल पनि खोसिएको रहेछ यदि सही नियतले उनीहरू कार्यालय जान्थे भने किन मोबाइल नियन्त्रण लिन्थे ? घटना गम्भीर छ।´ एक स्थानीयले भने।

तर, पीडक भनिएका सन्जिव महतोले वडा अध्यक्ष साहलाई कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन्। ‘हामी ५४ बोरा मलखादको हिसाब खोज्न त्यहाँ पुगेका थियौँ अन्य उदेश्य केही पनि थिएन्,’ उनले भने।

घटना हुनुभन्दा एक दिनअघि मात्र वडा नम्बर १२ का सिके राउतका कार्यकर्ता तथा जनमत पार्टीको भातृ संगठनका जिल्ला सचिव विमलेश महतोले पिक्चर देखाउन बाँकी छ भन्दै मिति समेत राखेका थिए । उनले भनेकै मितिमा उक्त घटना घट्नुले पनि योजनाबद्ध रहेकाे अनुमान गरिएको छ। वडाअध्यक्ष रामकिशोर साह माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् भने अघिल्लो कार्यकालमा पनि उनै साह अध्यक्ष थिए।

घटनामा सम्लग्न भनिएका भने नेपाली कांग्रेस, जनमत र लोसपामा आबद्ध छन्। सबै राजनीतिक दलहरूले वडा अध्यक्षमाथि भएको आक्रमणको निन्दा गरेका छन्। उनीहरूले विज्ञप्ति जारी गर्दै अध्यक्ष साहमाथि आक्रमण गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *