शुभम पावरको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

डिसी नेपाल
२२ माघ २०७९ ९:३०

काठमाडौँ। शुभम पावर लिमिटेडको आईपीओ आज अन्तिम दिन रहेको छ। कम्पनीको यस आईपीओमा लगानीकर्ताले आज बैंकिङ्ग कारोबार समयसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले माघ १८ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गरेको हो। जारी गर्ने आईपीओमध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ।

अव बाँकी रहेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ। भने, बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागिव खरिद आवेदन दिन सक्नेछन्। यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *