अवैध लागूऔषध सहित ४ जना पक्राउ

डिसी नेपाल
२४ साउन २०७६ २२:३३

काठमाडौं । काठमाडौं महानगरपालिका ८ गैरीगाउँस्थित सडकबाट पाँचथर फालेलुङ गाउँपालिका ८ ठेगाना भएका २३ वर्षीय सन्तोष लोवा र पाँचथर फिदिम नगरपालिका ९ ठेगाना भएका २१ वर्षीय सम्पन्न लावतीलाई अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम, नगद १ लाख रुपैयाँ र बा ९४ प ८०६० नम्बरको मोटरसाइकल सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। बारा, जितपुर सिमरा उपमहानगरपालिका १२ फतेपुरबाट सोही नगरपालिका १३ पोता टोल बस्ने १८ वर्षीय अरुण चौधरी समेत ३ जनालाई करिब ३० ग्राम अवैध लागूऔषध चरेश सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। नवलपरासी (पूर्व), मध्यविन्दु नगरपालिका १५ जंगलस्थित पूर्वपश्चिम राजमार्गबाट गोर्खा पन्द्रुङ गाउँपालिका ६ बस्ने २४ वर्षीय बुद्धि बहादुर गुरुङलाई नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, नुर्फिन २८ एम्पुल र फेनरागन २८ एम्पुल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

लु १ ख २३२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *