इतिहास रच्न सफल सन्दिप लामिछानेको घरमा खुशीयाली, यसो भन्छन् बुवाआमा

पहिलो पटक नेपाली खेलाडी इन्डियन प्रिमियर लिग (आईपिएल) मा अनुबन्ध भएपछि मुलुकभरी नै खुसीयाली छाएको छ। 

नेपाली उदयमान क्रिकेटर सन्दिप लामिछाने पहिलो पटक (आईपिएल) मा अनुबन्ध भएपछि अहिले उनको चर्चा देशभित्र मात्रै नभई विश्वभरी नै भइरहेको छ। अहिलेसम्म कुनै पनि नेपाली खेलाडी इन्डियन प्रिमियर लिग (आईपिएल) मा खेल्न पाएका थिएनन्। नेपाली खेलाडी सन्दिपलाई इन्डियन प्रिमियर लिग(आईपिएल) मा दिल्ली डेयर डेविल्सले अनुवन्ध गरेकाले उनी आईपिएलमा खेल्न पाउने भएका हुन्।

आगामी अप्रिल ७ देखी सुरु हुने आइपिएलको लागी दिल्ली डेयर डेविल्सले अनुबन्ध गरेसँगै अहिले सबैतिर सन्दिपको चर्चा भइरहेको छ। सन्दिपको यो खबर थापा पाएर उनका परिवार मात्रै होईन् सारा नेपालीले उनको प्रसंसा गर्दै गौरवको महसुस गरिरहेका छन्। उनको परिवारमा अहिले खुसीको सिमा नै छैन। चितवनको रत्ननगर ८ मा बस्दै आएका सन्दिपको वुवा, आमा, भाउजु,  भतिजी सँगै भारतमा रहेका उनका दाजु र नेपालमै रहेका उनको ३ दिदिहरु अहिले खुसी छन्।

पढेर जागिर खाए स्टाफले मात्रै चिन्छन तर राम्रो खेलाडी वन्न सके सारा विश्वले चिन्नेछन् भनेर सन्दिपले भनेका कुरा अहिले उनका परिवारले सम्झीरहेका छन्। नेपाली उदयमान क्रिकेटर सन्दिप लामिछानेका वुवा चन्द्रनारायण लामिछानले ति दिन सम्झिदै आफुले देखेको सपना पुरा भएको बताए।

सन्दिपले पढाईलाई भन्दा बढी लगाव क्रिकेटमा दिन्थे। त्यसो भएपनि आफुले कहिलेही पढाईका लागि दबाब नदिएको उनका बुबाले बताए।
सुरुमा अण्डर नाईन्टिनमा सहभागीता जनाएका सन्दीपले चामत्कारीक प्रर्दशन गर्दै गए। उनले सन् २०१६ मा राष्ट्रिय टोलीमा सहभागीता जनाउने मौका पाए। नेपालमा भएको केन्या विरुद्धको खेल हेर्दा उनका वुवालाई छोराले क्रिकेटमा ठुलै छलाङ मार्छ भन्ने महसुस भएको बताए।

उनकै प्रर्दशनकै कारण आईपिएलमा दिल्ली डेयर डेविल्सले वोलकवोलमा भारु २० लाखमा खरिद गर्यो। सन्दिप अहिले अभ्यास खेलका क्रममा युएईमा छन्। सन्दिपले क्रिकेटमा पाएको सफलताले उनकी आमा कोपिलादेवी लामिछानेको खुसीको सिमै छैन्। क्रिकेटमा पाएको सफलतापछि सन्दीपका परिवारलाई बधाईको ओईरोनै लागेको छ। छोराका कारण अहिले नेपालभर चिनिने मौका पाउँदा उनको परिवार दंग छ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »