'भोकालाई खाना र गरिबलाई धनी बनाउने एजेण्डाबाट प्रतिपक्षी दल आत्तिए'

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सम्वृद्ध बनाउने आफ्ना एजेण्डाबाट प्रतिपक्षी दल आत्तिएको आरोप लगाएका छन्। एमाले पार्टी कार्यालय धुमबाराहीमा सोमबार आयोजित मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबलाई धनी बनाउने, भोकालाई खान दिने आफ्ना एजेण्डाबाट प्रतिपक्षी दल आत्तिएको बताएक हुन्।

उनले समुचित विकास, न्यायोचित वितरण प्रणाली, सामाजिक न्याय र सबैका लागि समानताको कुराले कसैलाई बाधा नपुग्ने भन्दै नआत्तिन आग्रह समेत गरे।

प्रधानमन्त्री ओलीले अब मुलुकमा राजनीतिक संक्रमण टुंगिसकेकाले गरिबीबाट सम्वृद्धि तर्फको यात्रा सुरु भएको उल्लेख गरे। उनले छिमेकी मुलुकसंग सुमधुर, सन्तुलित, विश्वसनिय र पारस्परिक सहयोगी सम्बन्धका आधारमा द्धिपक्षीय सम्बन्ध स्थापति गरिने बताए।

स्वदेशी पूँजी लगानी गरि बाह्य लगानी आर्कषित गर्दै स्वदेशमै रोजगारीको श्रृजना गरि युवाहरुलाई विदेशीनबाट रोकिने पनि उनले उल्लेख गरे। कार्यक्रममा वरिष्ठ पत्रकार कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »