आइसीसीको मान्यता पाएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल–२) क्रिकेट प्रतियोगिता धनगढीमा भइरहेको छ। विभिन्न ६ टिमले उक्त प्रतियोगितामा भाग लिएका छन्। कतिपय टिममा विदेशी खेलाडीहरुले पनि सहभागिता जनाएका छन्। त्यसैमध्ये चौराह धनगढी एक टिम हो जसले युएईका कप्तान रोहन मुस्तफालाई आफ्नो टिमबाट खेलाएको छ।
रोहन मुस्तफाले टिम चौराह धनगढीबाट डीपीएलको पहिलो खेल हिजो मंगलबार महेन्द्रनगर युनाइटेड विरुद्ध खेलेका थिए। जुन खेल चौराह धनगढीले आफ्नो हातमा पार्न सफल भयो। उक्त खेलमा महेन्द्रनगर युनाइटेड धनगढीसँग आठ विकेटले हारेको थियो। टिम चौराह धनगढीको यो दोस्रो जीत हो । महेन्द्रनगर दुई खेलमा एक जीत र एक हारको अवस्थामा छ।
खेलमा रोहन मुस्तफाले ३० बल खेल्दै ३९ रन बनाएका थिए। उनले तीन छक्का र एक चौका प्रहार गरे। यसैक्रममा डिसीनेपालका सम्वाददाता आयुस गौतमले युएईका कप्तान रोहन मुस्तफासँग अन्तवार्ता लिएका छन्। उनले डिपिएल खेल्न पाउनु हाम्रो लागि अवसरका साथै चुनौतीपूर्ण रहेको बताएका छन्। हेरौ उनीसँगको यो अन्तरवार्ता:-
Leave a reply