श्रीनिवासमाथि गोली हान्नेलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग

हिन्दु धार्मिक संघ, संस्थाहरुले आचार्य श्रीनिवासलाई गोली हान्नेहरुलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन्। विश्व हिन्दु महासंघ, हिन्दु जागरण नेपाल, श्रीवैष्णव परिषद नेपाललगायतका संघ, संस्थाहरुले आईतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी आचार्य श्रीनिवासमाथि गोली हान्ने कार्यमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न माग गरेका हुन्।

आचार्य श्रीनिवासलाई हत्या गर्ने प्रयासमा गोली हानिएको उल्लेख गर्दै २४ घण्टा भित्र कार्वाही नभए सशक्त प्रतिकारमा उत्रने चेतावनी समेत दिइएको छ। घटनामा संलग्नहरुलाई सरकारले २४ घण्टा भित्र नियन्त्रणमा लिई कार्वाही नगरे कडा प्रतिकारमा उत्रन बाध्य हुने श्रीवैष्णव परिषद नेपालका महासचिव सुर्दशन नेपालको चेतावनी दिए।

आचार्य श्रीनिवासमाथि गएराति १ बजे सौच गर्न निस्किएका बेला विराटनगरको जतुवामा गोली प्रहार भएको थियो। गोली लागेर घाइते हुनु भएका उहाँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ। आचार्य श्रीनिवासको कुम मुनिको भाग छोडेर गोली पार भएको प्रहरीले जनाएको छ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »