कास्की २ : विद्याको मत ८ हजार नाघिसक्दा खेमराजको ४ हजार पनि पुगेन

डिसी नेपाल
१५ मंसिर २०७६ १०:५६

पोखरा । कास्की–२ मा उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार सत्तारुढदल दल नेकपाकी उम्मेद्वारको अग्रता कायमै छ ।

भर्खरै पोखरा महानगरपालिका–३३, २० र २१ को मतगणना सकिँदा विद्याको अग्रता बढ्दै गएको हो ।

पोखराका ३३, २० र २१ को मतगणना सकिँदा कांग्रेसका उम्मेद्वार खेमराज पौडेलभन्दा नेकपा उम्मेद्वार विद्या भट्टराई ४ हजार ५ सय ८३ मतले अगाडि छिन् ।

यसअघि सार्बजनि मत परिणाम अनुसार नेकपाकी भट्टराई कांग्रेसम उम्मेद्वार पौडेलभन्दा ३ हजार ७ सय एक मतले अगाडि रहेकी रहेकी थिईन् ।

पछिल्लो मत परिणाम अनुसार नेकपाकी विद्या भट्टराई ८ हजार २ सय ६५, कांग्रेसका खेमराज पौडेल ३ हजार ६ सय ८२, संघीय समाजवादीका उम्मेद्वार धर्मराज गुरुङको १ सय ७२, साझा पार्टीका रजनी केसीको ९०, राप्रपा संयुक्तका गंगा मल्लको १०, मालेका उम्मेद्वार टेकनाथ भण्डारीको १३ मत रहेको छ।

कुन उम्मेद्वारको कति मत

७ हजार ९ सय ९१ कुल मतदाता रहेको वडा नम्बर ३३ मा ५ हजार ६ सय ४२ मत खसेको थियो । अहिले बिहान ६ बजेबाट वडा नम्बर २१ को मत गणना जारी छ ।

कास्की–२ को शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। कास्की–२ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेलसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।

पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *