दुई हात जोड्दै काठमाडौँ उत्रिए मोदी

नेपालमा भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आईपुगेका छन्।  जनकपुरबाट काठमाडौं आईपुग्नु भएका भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गरेका हुन्। आज विहान भारतको पटनाबाट सोझै जनकपुरमा आउनु भएका भारतीय प्रधानमन्त्री मोदी त्यहाँ जानकी मन्दिरको पूजाआजा सकेर काठमाडौं आईपुगेका हुन्। जनकपुरमा उनको नागरिक अभिनन्दन समेत गरिएको छ।

भारतीय प्रधानमन्त्री मोदीले आजै राष्ट्रपति, उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसपछि साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। यस अघि मोदीलाई सरकारले टुँडिखेलमा गार्ड अफ अनरको सम्मान प्रदान गर्नेछ।

शनिबार पशुपतिनाथ र मुक्तिनाथको दर्शनपछि भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। नेपालको २ दिने राजकीय भ्रमण पूरा गरी मोदी भोली नै स्वदेश फर्कनु हुनेछ। जनकपुर आएपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा नभई प्रधान तीर्थयात्रीको रुपमा भएको बताएका थिए।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »