Arrest

काठमाडौँ। काठमाडौंको बालाजुमा ५ किलो सुनसहित एक युवक पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको बालाजुबाट ५ किलो सुनसहित रसुवा जिल्लाको गोसाईकुण्ड थमानका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ परेको जानकारी गराएको हो।

तस्करीको ५ किलो सुन बोकेर आएका तामाङलाई परिसरको एम्बुस टोलीले बालाजुको तीनपिप्लेबाट पक्राउ गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए।

एक केजी बराबर ५० हजार र एक वर्षको कलेज शुल्क तिर्ने सहमतिपछि उनी सुन बोकेर काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। कक्षा १२ मा अध्ययनरत तामाङले यस अघि सो घटनामा सामेल भए, नभएको पनि अनुसन्धान भईरहेको वरिष्ठ प्रहरी उपरीक्षक लामाले बताए।

तामाङसँगै सुराकी आएको र उनी पक्राउ पर्न साथ सबै सम्पर्क टुटेको प्रहरीको दावी छ। तामाङलाई कानुनी कार्वाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने पनि परिसरका प्रमुख लामाले जानकारी दिए।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »