Bidari

काठमाडौं । राष्ट्रिय सभामा नेकपाको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद रामनारायण बिडारी वर्तमान सरकारको बचाउमा जति तार्किक देखिन्छन् उतिनै प्रमुख प्रतिपक्षीको उछितो काढ्न पछि पर्दैनन्।

राष्ट्रिय सभा बैठकमा सबैभन्दा बढी समय लिएर बोल्ने मध्येमा पर्छन्'माननीय बिडारी। संसदमा तेजिलो प्रस्तुती र शैलीबाट आफूप्रति ध्यान तान्ने उनको विशेषता बनेको छ।

डिसी नेपालको स्टुडियमा संवादका लागि आमन्त्रित बिडारीले पहिलेका सरकारले कर्मचारीतन्त्र देखि सुरक्षा संयन्त्रमा कमसल क्षमताका र घुसखोर जनशक्ति 'फिट गरेर' राखेको भन्दै वर्तमान सरकारले त्यसको क्षति भोगेको तर्क गरे। उनको सङ्केत निर्मला हत्या प्रकरणप्रति थियो।

कम क्षमताका, अयोग्य र जनता भन्दा शक्तिकेन्द्रप्रति वफादार सुरक्षाकर्मीको अनुसन्धान र कामकारवाहीले निर्मलाका हत्यारा अहिलेसम्म उम्किने वातावरणको कारक ठहर्याए बिडारीले। उनले सुन काण्डमा पनि उस्तै हाल भएको भन्दै अघिल्ला सरकारका पालामा भएका र लुकेका अपराधहरू वर्तमान सरकारले एकएक गरेर छानविन र कारवाही प्रकृया थालेको दावी गरे।

उनी प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस एउटा एउटा वहाना खोज्दै सरकारमाथि प्रहार गर्ने उद्देश्यमा मात्रै केन्द्रित रहेको आरोप लगाए।

'सधै सत्ता र शक्तिको स्वाद चाखेको नेपाली काङ्ग्रेसलाई अहिले सत्ता बाहिर हुँदा उकुसमुकुस भएको छ,' बिडारीको आरोप छ-'उहाँहरू के निहुँका डल्ला पाउँ र सरकारलाई त्यसैले हिर्काउँ भन्नेमै लाग्नु भएको छ।' उनले प्रतिपक्षीका निहुँका डल्ला खरानीका डल्ला जस्ता 'फुस्स हुने' निकै कमजोर रहेका बताए।

आफ्ना विषयवस्तु सटीक शब्दमा रोचक शैलीमा राख्ने सांसद बिडारीसँग डिसी नेपालका लागि टेकनारायण भट्टराईले गरेको यो रोचक संवाद हेर्नुहोस्ः

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »