Chakka Jaam

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै काठमाडौंमा चक्काजाम गरेको छ।

सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएकोमा विरोध गर्दै संघले सोमबार एक घण्टा काठमाडौंको प्रर्दशनी मार्गमा चक्काजाम गरेको हो। चाडपर्वका बेला सर्वसाधारणलाई झनै मारमा पार्नेगरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले त्यसको विरोधमा एक घण्टा चक्काजाम गर्नु परेको संघका केन्द्रिय उपाध्यक्ष सागर परियारले जानकारी दिए।

उनले वृद्धि गरिएको यातायात, पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए।

बिहान नौं बजेदेखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्न प्रर्दशनीमार्गमा भेला भएका संघका नेता, कार्यकर्ताहरुले जनविरोधी, अपराधि र राष्ट्रघाती भएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए। उनीहरुले ६ महिनामा पनि सरकारले जनताले सेवा दिने कुनै पनि काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेका थिए।

व्यवसायीहरुले दवाव दिएपछि सरकारले आईतबार यातायातको १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो। सोही निर्णयप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघका नेता, कार्यकर्ताले आन्दोलनको कार्यक्रम अन्तरगत सोमबार देशभरका क्याम्पसको मूलगेट अगाडि १ घण्टा चक्काजाम गरेका हुन्। उनीहरुले बालिकामाथि समेत बलात्कार गर्नेलाई फासीको सजाय दिन नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरेका थिए।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »