Darjiling

दार्जिलिङ । नेपालीभाषी बाहुल्य दार्जिलिङले नेपालको बारेमा कति जानकारी राख्दछ तरु अर्थात यहाँका गोर्खेलाई नेपालबारे कति कुराहरू थाहा छ होलारु त्यसमाथि नेपाली नयाँ वर्षको दिन आज यहाँ के के हुन्छ होलारु यहाँका नेपालीभाषी गोर्खाहरूलाई नेपालको नयाँ वर्ष थाहा त छरु
यस्तै जिज्ञासा लिएर हामी रोड शो मा निस्कियौं। नयाँ वर्षको पहिलो दिन भएकोले स्वाभाविक शुभकामना साटासाट त भयो नै, तर भेटेका मध्ये कतिले नेपाली नयाँ वर्ष थाहा भएको सुनाए, कतिले त के आज थाइल्याण्डको नयाँ वर्ष होरु भनेर सोधे। अमेरिकाको नयाँ वर्ष हो आजरु भनेर पनि सोधे।

भेटेका मध्ये केहीले नयाँ वर्ष मनाउने बताए। कसरी मनाउँदै हुनुहुन्छरु हामीले सोध्यौँ। उत्तर आयो-  'कुखुरा काट्ने, ड्रिंक्स गर्ने मनाउने त हो, हामी नेपालीको सेलिब्रेसन यस्तै त हो।'

दार्जिलिङमा ४ दिनपछि आउँदो अप्रिल १८ तारिखमा लोकसभा चुनावको मतदान हुँदैछ। यही सन्दर्भमा चुनावी माहोल बुझ्न डिसी नेपाल टिम यतिबेला दार्जिलिङमा छ।

नेपाली नयाँ वर्ष बारे यहाँका गोर्खालीहरूसँग हामीले सडक संवाद गर्यौं र शुभकामना साटासाट गर्यौं। त्यही क्षणका रोचक दृश्यहरू हामीले क्यामेरामा उतारेका छौ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »