Daupech

काठमाडौँ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदबीच प्रश्नोत्तर चल्यो । संसद् नियमावलीअनुसार पहिलोपटक प्रधानमन्त्री ओली संसदमा प्रश्नोत्तरको कठघरामा उभिएका हुन्।

प्रधानमन्त्रीलाई पहिलो प्रश्न गर्ने अवसर स्वयं प्रधानमन्त्रीकै दल नेकपाका सांसद खगराज अधिकारी पाएका थिए। उनको प्रश्न समसामयिक र ताजा विषयमा केन्द्रित थियो। तर प्रश्नोत्तर रोचक भने दोस्रो प्रश्नकर्ता नेपाली कांग्रेस सांसद मिनेन्द्र रिजाल र प्रमबीचको थियो।

अधिकारीले कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा लगानी भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारका बारेमा सरकारको जवाफ माग गरेका थिए।

उत्तरमा प्रधानमन्त्री ओलीले भने, 'देशलाई घाटा र नोक्सान पार्ने काममा कुनै सहिष्णुता हँदैन, यस्ता कार्य नियन्त्रण गर्न कानून कार्यान्वयनमा सरकार प्रतिबद्ध छ।' प्रम ओलीले आरोप लागेका मध्ये कतिपयले पत्रकार सम्मेलन गरेर आरोप नकारेका प्रसङ्ग पनि उठाए। अनुसन्धानबाट मात्रै थप कुरा थाहा लाग्ने भनेर प्रधानमन्त्रीले ठोस जवाफ दिएनन्।

दोस्रो प्रश्नकर्ताका रुपमा सांसद मीनेन्द्र रिजालले कांग्रेस भएकै कारण र नाम मन नपरेर पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल यो सरकारले विघटन गर्ने तयारी गरेको हो? भन्दै प्रश्न गरे।

जसरी रिजालको प्रश्नमा व्यङ्ग्य र क्रोधमिश्रित थियो, प्रधानमन्त्री ओलीको जवाफ पनि उस्तै पाराको थियो।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »