Happy Birthday Madhav Prashad Ghimire

काठमाडौँ। राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष पुगेका छन्। विक्रम संवत १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवको अवसरमा आईतबार लैनचौंरस्थित निवासमै पुगेर आफन्त, छिमेकी र शुभेच्छुकहरुले सुश्वास्थ्य र दीघार्यूको कामना गरेका छन्।

उनले पनि सय वर्ष पुगेको अवसरमा घरमै पूजापाठ गरेका छन्। यसै अवसरमा आगामी असोज १३ गते राष्ट्रकवि घिमिरेको रथयात्रा पनि हुँदैछ।गीत, कविता र महाकाव्यको रचनाबाट नेपाल राष्ट्र र नेपाली जनताको मनमनमा बस्न सफल राष्ट्रकवि घिमिरेलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार हुन्।

बाल्यकालदेखि नै निरन्तर रुपमा नेपाली साहित्यको कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध जस्ता अनेकौं विधामा निरन्तर कमल चलाएका उनी बहुप्रतिभाशाली छन्। राष्ट्रकवि घिमिरेको गौरी शोककाव्य चर्चित कृति हो। कर्णप्रीय ‘गाउँछ गीत नेपाली’ बोलको गितका रचनाकार उनका ‘फूलका थुङगा बगेर गयो’, ‘आजै र राति के देखे सपना’ लगायतका गित कालजयी रहेका छन्।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »