Juhari

काठमाडौं । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिपक्षीका क्रोधमिश्रित प्रश्नको सामना गरेका छन्। निर्मला पन्त बलात्कार पछि हत्या प्रकरणमा प्रतिपक्षी सांसदहरूले गृहमन्त्रीलाई प्रश्नको घेरामा पारे।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले सरकार शान्ति सुरक्षाको प्रत्याभुति दिन असफल भएको भन्दै गृहमन्त्रीको चर्को आलोचना गरे।

कांग्रेस सांसद गगन थापाले केही महिना अगाडि रक्षामन्त्री इश्वर पोखरेलले निर्मलाका हत्यारा पक्राउ परिसकेको र केही दिनमा सार्वजनिक हुने भन्दै दिएको अभिव्यक्तिबारे गृहमन्त्रीलाई थाहा छ कि छैन? भनेर प्रश्न गरेका थिए। गगनको प्रश्नमा थपेर राप्रपा सांसद राजेन्द्र लिङदेनले रक्षा मन्त्रीले मात्रै नभएर स्वयं गृहमन्त्रीले समेत हत्यारा पक्राउ परेको भन्दै संसदमै बोलेको कुरा स्मरण गराए। अपरिपक्व र होँचुवामा निष्कर्श सुनाउने पाराले सरकार असंवेदनशील बनेको उनको तर्क थियो।

कांग्रेस सांसद गगन थापाले निर्मला प्रकरणमा सरकारको आलोचना गरेको नेकपा सांसद महेश बस्नेतलाई सैह्य भएन। उनले गगन र उनको दल नेपाली कांग्रेसलाई काउन्टर दिँदै त्यो बेलाको नेपाली कांग्रेस सरकारले दिलिप सिंह बिष्टलाई एसपीको जिम्मा दिएर राख्नु नै गल्ती भएको आरोप लगाए।

बिष्टलाई सरकारले तत्काल निलम्बन गरेर कारवाहीको प्रकृया अगाडि बढाएको भन्दै बस्नेतले सरकारको वचाउ मात्रै गरेनन्, सरकारलाई धन्यवाद पनि दिए।

सुन्नुस् संसदमा चलेको सत्ता र प्रतिपक्षी सांसदका प्रश्न माथि काउन्टर प्रश्नः

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »