Karishma Manandhar

आजबाट यस वर्षको एसइई परीक्षा सुरु भएको छ। यस वर्षको एसइई परीक्षामा सदावहार नायिका करिष्मा मानन्धरदेखि सांसद् शान्ता चौधरी सहितले परिक्षा दिएका छन्।

नायिका करिष्मा मानन्धरले काठमाडौंबाट एसइई परीक्षा दिएकी छन् भने नेकपाकी सचेतक शान्ता चौधरी पनि आफ्नै गृहजिल्ला दाङको तुल्सीपुरबाट एसइई परीक्षा दिएकी छन्।

मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्। यही विद्यालयको नियमित विद्यार्थीका रूपमा डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी छन्।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »