Khullamanch

काठमाडौँ। खुलामञ्चमा अनधिकृत बनेका सटर माथि डोजर चलेको छ। सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका व्यापारिक प्रयोजनका सटरहरू महानगरपालिकाले डोजर लगाएर शनिबार तहसनहस पारिदिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि मेयर विद्यासुन्दर शाक्य सहित काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख राम प्रसाद आचार्यको अगुवाइमा डोजर चलेको हो।

ठेकेदार कम्पनीले मनोमानी ढङ्गले सार्वजनिक जग्गामा सटरहरू बनाएर व्यापारीहरूसँग लाखौं रकम असुलेर सटर बेचेका थिए।

खुलामञ्चमा सञ्चालनमा रहेका पुराना ९ वटा सटरलाई छोडेर नयाँ बनेका ४२ वटा सटर भत्काइएको छ।

सटर भत्काएपछि व्यापारीको रुवाबासी चलेको थियो।

सटरहरू भत्किएपछि खुलामञ्चमा पुगेकी उपमेयर हरिप्रभा खड्की माथि सटरधनीहरू जाइलागे। उनीहरूले हातपातको समेत प्रयास गरेका थिए, तर प्रहरीले रोक्यो।

भर्खर लाखौं लगानी लगाएर किनेका सटर क्षणभरमा भताभुङ्ग भएपछि व्यपारीको रूवाबासी नै चल्यो (हेर्नुस् भिडियोमा)

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »