Maheshwor

काठमाडौं। विश्व शारीरिक सुगठनमा स्वर्ण पदक जित्न सफल नेपालका महेश्वर महर्जन स्वदेश फिर्ता भएका छन्। उनी मंगलबार दिउँसो थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

उनलाई विमानस्थलमा भव्य स्वागत समेत गरिएको छ। उनको स्वागतका लागि त्रिभुवन विमानस्थलमा घुँइचो नै लागेको थियो। थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले गत शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन्।

१२ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएका थिए। नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो। महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो।

महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए। यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औँ संस्करणमा च्याम्पियन र १४औँ तथा १५औँ संस्करणमा दोस्रो भएका थिए।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »