Mukhyamantri

काठमाडौं। दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबावु राउतले प्रधानमन्त्री केपी ओलीले सिके राउतलाई अगाडि सारेर फोरम नेपाल र राजपाबीच खेल्न खोजेको आरोप लगाएका छन्।

डिसी नेपाललाई दिएको अन्तवार्तामा मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीले  फोरम र राजपाबीच खेल्न खोज्नु प्रधानमन्त्री ओलीका लागि प्रत्युत्पादक भएको टिप्पणी गरे।

उनले राउतसँग गरिएको सहमतिका कतिपय बुँदामा ‘स्वतन्त्र मधेस’ उल्लेख भएको भन्दै सरकारले नै स्वतन्त्र मधेसलाई स्वीकार गरेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीमा दूरदर्शीता नहुँदा राउतसँग गरिएको सहमतिको मसी सुक्न नपाउँदै प्रधानमन्त्री रक्षात्मक हुनु राम्रो भएको बताए।

यद्यपी सिके राउतले विखण्डनको मुद्दा छोडेर संसदीय राजनीतिमा आउने सकारात्मक भएको बताए। पूरा अन्तर्वाता हेर्नुस्

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »