Nepal

काठमाडौं । द भ्वाइस अफ नेपालको मञ्चबाट आशिष गुभाजु विदा भएका छन्। उनीसँगै हिजो आइतबार रातीको एपिसोडमा आशिषका 'रूममेट' सन्तोष राना मगर पनि सँगै आउट भए।

दुबैजना आइतबार राति प्रशारण भएको लाइभ शो को १० औँ श्रृङ्खलामा भोटिङका आधारमा बाहिरिएका हुन्। शनिबार प्रसारित ‘द भ्वाइस अफ नेपाल’को ९ औँ लाइभ राउण्ड अर्थात एपिसोड २५ मा टिम प्रमोद र टिम सनुपका चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुती दिएका थिए। सोही प्रस्तुती पछि दर्शकले गरेको भोटका आधारमा यी दुई प्रतिस्पर्धी बाहिरिएका हुन् । सन्तोष कोच सोनुप पौडेलको टिमका हुन् भने आशिष कोच प्रमोद खरेलको टिमका हुन्।

द भ्वाइसको मञ्चबाट बाहिरिँदा आशिष दुःखी देखिएनन् । बरू उनले त आफ्न प्रतिस्पर्धी नै आफू भन्दा योग्य भएको भन्दै उनी अगाडि बढेकोमा खुसी व्यक्त गरे। उनका प्रतिस्पर्धी सुशील गर्तौला सेमिफाइनलमा प्रवेश गरेका छन्। आफू भन्दा सुशील छानिएकोमा आशिषले उसमाथि न्याय भएको भन्दै नतिजा स्वाभाविक रहेको बताए। उनले प्रतिस्पर्धीलाई प्रोत्साहन र स्रहाना गरेर खेलको नियम मात्रै पालना गरेनन्, उच्च नैतिक संस्कार पनि पेश गरेका छन्।

द भ्वाइसको मञ्च छाडेर निस्कदा आशिषसँग डिसी नेपाल टिमको जम्काभेट भएको छ। हामीले उनीसँग द भ्वाइसको यात्राबारे रोचक संवाद गरेका छौँ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »