paketmara

काठमाडौं। प्रहरीले काठमाडौंबाट ७७ जना पाकेटमारा पक्राउ गरेको छ।

काठमाडौंको सवारी साधनहरु सर्च गर्ने क्रममा ७७ जना पाकेटमारा पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

सादा पोशाकमा खटिएका प्रहरीहरुले विभिन्न सवारी साधनमा सर्च गर्ने क्रममा ७७ जना पाकेटमारालाई पक्राउ गरेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए। उनीहरुलाई चोरी अन्तरगत कानुनी कार्वाही प्रक्रिया अघि बढाइएको छ।

उनीहरुको साथबाट बरामद गरिएको ५ लाख ९६ हजार नगद सम्बन्धित पीडितहरुलाई बुझाइएको पनि परिसर प्रमुख लामाले बताए।

पाकेटमाराहरुको साथबाट ३९ थान मोबाईल, ४ थान आईप्याड, ५ थान ल्यापटप पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले गत मंसीर १५ गतेबाट बिभिन्न सवारी साधनमा हुने गरेको पाकेटमारालाई पक्राउ गर्न विशेष अभियाननै सुरु गरेको छ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »