Samsad

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना पुगिसकेको छ । तर, प्रहरीले दोषी फेला पारेको छैन । उल्टै यो घटनामा प्रमाण नष्ट गरेको भन्दै दुईजना प्रहरी अधिकारी सेवाबाट बर्खास्त भएका छन् भने केही निलम्बनमा छन् ।

यो विषयले हाल राष्ट्रिय र अन्तर्राष्टय क्षेत्रमा नेपाल प्रहरीको गरिमालाई ह्वात्तै घटाई दिएको छ । तर, प्रहरी भने विश्वास आर्जन गर्नेभन्दा पनि विवाद बढाउने क्रियाकलाप गरिरहेको छ ।

सोमबार राष्ट्रियसभाको सुशासन तथा दिगो विकास समितिको बैठकमा प्रहरी महानीरिक्षक सवेन्द्र खनाललाई बोलाएर सांसदहरुले यो घटनाका विषयमा प्रहरीको कामबारे जानकारीमात्र लिएनन् काम गर्न नसक्ने भए राजिनामा दिन पनि भने ।

उनीहरुले प्रहरी संगठन नै ध्वस्त हुने अवस्थामा पुगेको भन्दै काम गर्न नसक्नेले राजिनामा दिनुपर्ने बताउँदा महानीरिक्षक खनाल भने निन्याउरो मुख लगाएका थिए ।

सांसदहरुले सोधे, ‘कसकेको दाबाबमा प्रहरीले प्रमाण नष्ट गर्यो ?’ महानीरिक्षकले यसको जवाफ दिन सकेनन् । उनले भने, ‘कसैले दबाब दिएको छैन ।’ तर, प्रमाण किन नष्ट पारिए भन्ने उनले कुनै जवाफ दिएनन् । उनले यतिमात्र भने, ‘प्रमाण नष्ट गर्ने प्रहरी अधिकृतलाई सेवाबाट बर्खास्त गरिएको छ ।’ कुनै एकजनाले गरेको गल्तिलाई सिंगो संगठसँग जोड्न नहुने भन्दै ‘कुनै दिन सांसदहरुलाई आफैले हतकडी लगाएको’ जवाफ दिए उनले ।

समिति सदस्य सांसद रमेशजंग रायमाझीले सरकार नै निर्मला पन्तको हत्याराको संरक्षणमा लागेको आभास भएको भन्दै प्रहरी र सरकारको आलोचना गरे । यस्तै सदस्य तथा सांसद मुक्ता यादवले बलात्कार र हत्या जस्तो विषयमा न्याय दिनेले संवेदनशिलता नदेखाएको भन्दै त्यसलाई आफैमाथि भएको घटना सम्झन सुझाव दिइन् ।

उनले आफ्नो छोराको हत्या हुँदा पनि प्रहरीले उल्टै सडक दुर्घटना भनेर मुद्दा टुंग्याउने प्रयास गरेको भन्दै पीडितलाईमात्र पीडाको अनुभव हुने बताइन् ।

अर्की सांसद सरिता प्रसाईँले देशको शान्ति सुरक्षा चिन्ताजनक अवस्थामा पुगेको भन्दै प्रहरीले सबैतिरबाट विश्वास गुमाएको बताईन् ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »