Sarswoti Puja

काठमाडौं। आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने गरिन्छ।

सोही अवसरमा काठमाडौंको स्वयम्भूस्थित पश्चिम तिर रहेको सरस्वती मन्दिरमा विहानै देखि पूजाआजा गर्न आउने भक्तजनको भीड लागेको छ। प्रत्येक वर्ष आजका दिन बाबुआमाहरु आफ्ना बालबालिकालाई सरस्वतीको आरधाना एंव लेख्न सिकाउन त्यहाँ आउने गर्दछन्।

मन्दिरमा बालबालिका, विद्यार्थी र वृद्धवृद्धाको पनि सहभागि थियो। स्वयम्भुमा रेहको सरस्वती मन्दिर सहित देशभरका सरस्वतीका मन्दिरहरुमा आज पुजाका लागि बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लाग्ने गर्दछ।

मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ। शिक्षा आरम्भका लागि समेत आजको दिनलाइ बिशेष महत्वका साथ हेर्ने गरिन्छ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »