Sher Bahadur Deuba

काठमाडौं । परस्पर विरोधी माग राखि नेपाल विद्यार्थी संघका नेताहरुले पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला शनिबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । एक पक्षले नेतृत्व महाधिवेशनमार्फत चयन गर्नुपर्ने माग गरेको छ भने अर्को पक्षले तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग राखेको छ ।

नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दबाब दिन दुवै पक्षले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका हुन् ।

पुर्व मन्त्री समेत रहेका पार्टी केन्द्रीय सदस्य वीर बहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डै झण्डै हातहालाहालको अवस्था श्रृजना भएको थियो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शुशिल भट्ट लगायतको समुहले महाधिवेशनमार्फत नया नेतृत्व चयन गर्नुपर्ने माग गर्दै ‘टिके प्रथा’को विरोधमा नाराबाजी गरेको हो ।

अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिना लगायतको समुहले नया तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्दै नाराबाजी गरेको छ ।  दुवै पक्षले आ आफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।

बैठकमा सहभागी हुन आएका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए । नेविसंघले ३ महिना अघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावलि पास हुन नसक्दा नेवि संगको भावि नेतृत्वमा अन्यौल छाएको हो ।

भोलिदेखि नेविसंघको थप गरिएको पदावधि पनि सकिदै छ । विद्यार्थी नेता भट्ट समुहले हालको पदाधिकारीलाई नै महासमिति आयोजक समिति बनाई प्रजातान्त्रिक प्रक्रियाबाट महाधिवेशन मापर्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिदै आएको छ । तीन महिना अघि बुझाएको पार्टीको विधान र नियमावलि पास नगरि पार्टी नेतृत्व नया तदर्थ समिति गठन गरि आफु अनुकुलको बनाउने प्रयासमा लागेपछि विरोधमा उत्रिएको विद्यार्थी नेता भट्टले बताए ।

पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक जारी छ ।  साथै कार्यालय परिसरमा दुवै पक्षका विद्यार्थीले नाराबाजी पनि गरिरहेका छन् ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »