Tatopani

  

काठमाडौँ। २०७२ साल बैशाख १२ गतेको महाभूकम्पले क्षतिग्रस्त बनाएको तातोपानी नाका सचालनकालागि तीव्र गतिमा काम भइरहेको छ। भूकम्पपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताइएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ महिनाको दोस्रो हप्ताबाट सञ्चालनमा ल्याउने गरी नेपाल र चीनतर्फ तीब्र गतिमा काम भइरहेको बुधबार संसदीय समितिलाई जानकारी दिएका छन्।

मन्त्री ज्ञवालीले तातोपानी नाका पुनः संचालनबारे चीन सरकारले नेपाललाई जानकारी गराइसकेकोे बताए। चीनले सिमाना क्षेत्रका खासा बजारलगायतका आफ्ना बस्ती सारिसकेको जानकारी समेत मन्त्री ज्ञवालीले गराएका थिए।

संचालनको तयारीमा रहेको तातोपानी नाकाका विषयमा डिसी नेपालले स्थलगत भिडियो रिपोर्ट तयार पारेको छ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »