Yo Duniyama

दिवंगत भएका र्‍याप गायक यम बुद्धको सम्झनामा विराज पुडासैनीको शब्द, संगीत तथा स्वरमा‘यो दुनियाँ’ नामक गीत सार्वजनिक गरिएको हो। संगीत कर्मलाई निरन्तरता दिन लागेका बहुप्रतिभाशाली गायक पुडासैनीका थप नयाँ सिर्जनाहरु समेत बजारमा आउने क्रममा छन्।

जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई सम्बोधन गरिएको गीतको म्युजिक भिडियोको निर्देशन सन्तोष खनालले गरेका हुन्। निर्देशक सन्तोष खनालकै फ्रेममा कैद भएको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन्।

आरएस इन्टरटेन्मेन्टको रेकर्डिंग तथा एम्स टि.भीको पोस्ट प्रोडक्सन रहेको‘यो दुनियाँ’ नामक म्युजिक भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो। कडेल कन्सल्टेन्सी विगत दश वर्ष देखि विदेश पढ्न जान चाहने विद्यार्थीहरुको सहयोगी रुपमा निरन्तर क्रियाशील छ। मुख्य कार्यालय अष्ट्रेलियाको मेलबर्नमा भएको यसका शाखाहरु काठमाडौं, मुम्बई, नयाँ दिल्ली, र पाकिस्तानको कराँचीमा रहेका छन्। हाल यसले आफ्नो कार्यक्षेत्र मलेसिया र फिलिपिन्समा समेत विस्तार गरेको छ।

 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »