Yogi Adityanath

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्।

रामजानकी विवाह पञ्चमीमा सहभागी हुन उनी बुधबार विहान करिब साढे १० बजेतिर जनकपुर आएका हुन्। योगी आदित्यनाथ बुधबार बिहान करिब साढे बजेतिर जनकपुरस्थित विमानस्थलमा अवतरण गरेका थिए।

अवतरणपछि उनी सिधैं जनकपुरतिर लागेका थिए। उनको सुरक्षाका लागि जनकपुरमा सुरक्षा व्यवस्था समेत कडा गरिएको छ।

योगी अपरान्ह ४ बजेसम्म जनकपुरमा रहने छन्। त्यसक्रममा उनी त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागि हुनेछन्।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »