भ्रमण वर्ष–२०२० लोगो र स्टिकर सार्वजनिक

१५ बैशाख २०७६
banner

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० लोगो सहितको स्टिकर सार्वजनिक गरिएको छ।

नेपाल भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिले ‘समृद्ध नेपाल बनाऔँ, विश्वमा नेपाल चिनाऔँ’ तथा ‘गरौँ तयारी धुमधाम, पाहुनालाई गराऔँ घुमघाम’ भन्ने नारासहित स्टीकर सार्वजनिक गरेको हो।

नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले  भ्रमण वर्षको लोगो र नारासहितको स्टीकर पर्यटक बस र माइक्रोमा टासेर उद्घाटन गरेका थिए।

भ्रमण वर्षको देशव्यापी प्रचार गर्ने उद्देश्यले समितिले पर्यटक सवारीसाधन तथा सार्वजनिक सवारीसाधनमा टासेर प्रचार प्रसार गर्ने भएको छ।

कार्यक्रममा नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, पर्यटक ट्याक्सी व्यवसायी सङ्घ तथा पर्यटन क्षेत्रका विभिन्न सङ्गठनका प्रतिनिधिलाई स्टीकर प्रदान गरिएको थियो।

भ्रमण वर्षको लोगो तथा मूल नारा भिजिट नेपाल ‘लाइफ टाइम्स एक्सपेरियन्स’ यसअघि नै सार्वजनिक भइसकेको छ।

भ्रमण वर्षको पूर्व शुरुआत ‘सफ्ट लन्चिङ’ गत चैत ३० गते पोखराबाट भएको थियो। भ्रमण वर्षको औपचारिक शुरुआत सन् २०१९ को डिसेम्बरको अन्तिम दिन गरिने सरकारको तयारी छ।

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |