भ्रमण वर्ष २०२० सफल पार्न साना कुरालाई पनि प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाको जोड

२६ फाल्गुन २०७५
banner

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठुला पुर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरुले बताएका छन्।

सरकारका मन्त्री, कुटनितिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गनु्र्र पर्ने औंल्याएका हुन्।

पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पुर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन्। ट्राभल हिमालय म्यागाजिनको २० औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तीब्रता दिनु पर्नेमा जोड दिए। साथै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रयक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायका बिच राणनितिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाई थियो।

यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए। भ्रमण वर्षमा लक्षित कार्यक्रमहरुले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पुर्याउने सचिव सापकोटाको भनाई थियो। यसका साथै पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना तर्जुमा गर्नुपर्नेमा सचिव सापकोटाले जोड दिए।

काय्र्रक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंहले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। उनले नेपाल भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए। भ्रमण वर्षलाई सफल बनाउनका लागि पुर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियानको तिब्रतालाई रातदुत सिंहले जोड दिए।

नेपाल पर्यटन बोर्डका पुर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमा विश्वव्यापीकरणका लागि सूचना प्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए।

कार्यक्रमको आयोजक ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीले नेपालको पर्यटन क्षेत्र विकासको चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र मार्फत गिरीले नेपाल पर्यटकीय गन्तव्यका लागि विश्वको उत्कृष्ट गन्तव्य भए पनि पर्यटकको आगमन छिमेकी मुलुकको तुलनामा न्युन भएको उजागर गरे।

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा मुलुकले ठुला पुर्वाधारको विकाससँगै साना तथा अत्यावश्यक विषयमा ध्यान दिन सरकारसँग आग्रह गरे।

कार्यक्रममा ट्राभल हिमालय म्यागेजिनको २० औं वर्षको १ सय ३४ औं संस्करणको बिमोचन पनि गरिएको थियो। कार्यक्रममा नेपालका लागि बंगलादेश, अष्ट्रेलिया, इजरायललगायत मुलुकका राजदुतहरुको सहभागिता रहेको थियो।

साथै कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न निकाय, अन्तराष्ट्रिय हवाई संस्था, व्यवसायी लगायतको उल्लेख्य सहभागिता थियो।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll