भ्वाइस अफ नेपालमा लाइभ राउन्ड शुरु, मनपर्ने प्रतियोगीलाई यसरी गर्नुस् भोट

११ कार्तिक २०७५
banner

काठमाडौँ। नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा शनिबारदेखि लाइभ राउन्ड शुरु भएको छ ।

नयाँ राउन्ड शुरु भएसँगै 'टिभिएस अपाचे दि भ्वाइस अफ नेपालमा' धेरै परिवर्तन भएको छ । दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न र अन्तराष्ट्रिय स्तर कायम गर्न यो कार्यक्रमको स्टेजको डिजाइन परिवर्तन गरिएको छ, निर्णायकसहित होष्टको ड्रेस डिजाइनमा पनि परिवर्तन भएको छ भने नयाँ को–होष्ट(एंकर)को प्रवेश भएको छ ।

कार्यक्रमलाई थप रोमान्चक र आकर्षक बनाउन महिला एङ्करको रुपमा ओशिन सिटौला ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ जोडिएकी छिन् । अब ओशिन सिटौलाले होष्ट सुशील नेपालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नेछिन् ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को लाइभ राउन्ड कार्यक्रममा दुईजना निर्णायक तथा कोचेहरूले आफ्ना चार-चार जना प्रतिस्पर्धीहरूलाई प्रस्तुत गराउने छन् भने सो मध्ये एक जनालाई ‘सेभ’ बचाउन सक्नेछन् । बाँकी ३ जना प्रतिस्पर्धीहरूलाई भने भोटिङ्गको लागि अगाडि पठाउनेछन् ।

प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने प्रतिस्पर्धीहरूलाई दर्शकहरूले भोट गर्न सक्ने सुविधा रहेको छ । भोट गर्नको लागि आफ्नो मोबाइल फोनबाट एसएमएसमा गएर प्रतियोगीको कोड नम्बर टाइप गरेर ३७००० मा सिधै पठाउन सक्नुहुनेछ ।

त्यसैगरी भारतबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ हेर्ने दर्शकका लागि आफ्नो मनपरेको प्रतियोगीलाई भोट गर्न आफ्नो मोबाइलबाट प्रतियोगीको कोड नम्बर टाइप गरेर ५३०१० मा पठाउन सक्नुहुनेछ ।

यति मात्र होईन्, दर्शकहरुले आफ्नो ल्यान्डलाइन टेलिफोनमार्फत पनि फोन गरेर प्रतियोगीको कोड नम्बरसहित भोट गर्नसक्नुहुनेछ । नेपाल टेलिकमको ल्याण्डलाइनबाट १६६६७७ मा फोन गरेर पनि गर्न आफ्नो मन गर्ने प्रतियोगीको कोड नम्बरसहित भोट सक्नेछन् । उदाहरणको लागि १६६६७७ मा कल गर्नुस् र त्यसपछि कोड नम्बर डायल गर्नुस् ।

दर्शकहरूले ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को मोबाइल एप डाउनलोड गरेर पनि आफ्नो मन परेको प्रतियोगीलाई भोट गर्न सक्नुहुनेछ । मोबाइल एपबाट प्रत्येक प्रतियोगीको लागि अधिकतम ५ वटा भोट गर्न सकिनेछ ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ लाइभ राउन्डको पहिलो कार्यक्रममा टिम दीप र टिम सनुपको तर्फबाट चार÷चार जनाले आफ्नो गायनकला प्रस्तुत गरेका थिए । कोच सनुपले आज आफ्नो टिमबाट प्रस्तुत दिएकी प्रतियोगी विद्यालाई सेभ गरेका थिए भने टिम सनुपका सुनन्धा ढकाल, वर्ता गन्धर्व र सप्तक दुतराज भोटिङ्गको लागि गएका छन् ।

त्यस्तै कोच दिपले आफ्नो टिमबाट प्रस्तुत दिएका विवेकलाई सेभ गरेका थिए भने टिम दिपबाट राजु तामाङ, स्वेच्छा ठकुरी र दिनेप न्यौपाने भोटिंगको लागि गएका छन् । शनिवार कला प्रस्तुत गरेका प्रतियोगीहरुको भोटिंगको रिजल्ट पनि आउँदो एपिसोडमा प्रस्तुत हुनेछ।

ताजा भिडियो

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।