उड्ने ट्याक्सी अर्को वर्षदेखि बजारमा 

२४ जेठ २०७६
banner

काठमाडौं । उड्ने ट्याक्सी अर्को वर्षदेखि नै बजारमा आउँदैछ ।

‘साइन्स फिक्सन’ फिल्महरुमा देखिने जस्तै ट्याक्सी अर्को वर्षदेखि व्यवसायिक रुपमा बजारमा आउने भएको हो । यसअघि उड्ने कारका विषयमा धेरै चर्चाहरु भए पनि ट्याक्सी भने बजारमा आउनलाई तयारी अवस्थामा रहेको छ । यस्तो उड्ने ट्याक्सीको नाम ‘भोलोकप्टर’ राखिएको छ भने यो पूर्णरुपमा व्याट्रीबाट चल्ने छ ।

जर्मनीको बर्लिनमा आयोजित ग्रीनटेक फेस्टिबलमा आकर्षक टेक्नोलोजीका रुपमा प्रदर्शित यो भोलोकोप्टरले एक वर्षभित्र व्यवसायिक उत्पादनमा आफूलाई स्थापित गर्ने तयारी गरेको छ ।

फर्मुला वानका विश्व च्याम्पियन निको रोशबर्गले ‘ग्रिनटेक एक्जिवेशन’ मा यो उड्ने ट्याक्सीबारे जानकारी गराएका छन् । योसँग २०१६ का फर्मूला वान विजेता रोसवर्ग ‘इको योद्धा’ बनेको सीएनएनले जनाएको छ ।

सीएनएनसँगको कुराकानीमा रोसबर्गले भनेका छन्, ‘यो १० वर्षमा होइन, अर्को वर्षदेखि बजारमा आउँछ । दुबाई, सिंगापुर र जर्मनीलगायतका देशमा अर्को वर्ष नै व्यवसायिक रुपमा उडेको देख्नुहुनेछ ।’

यो ट्याक्सी हेलिकोप्टर जस्तै सिधै ‘टेकअप’ गर्न (उड्न) सक्नेछ भने रोड भन्दामाथिबाट यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनेछ । यसको लागि ठूलो एयरपोर्टको आवश्यकता पर्ने छैन । यो सडकका चौक र घरको छतमा बस्न सक्छ ।

भोलोकोप्टर ड्रोन टेक्नोलोजीमा आधारित भएर निर्माण गरिएको हो । यसलाई उडाउनुभन्दा पहिले ड्रोनबाट जाँच गरिनेछ । आगामी दश वर्षमा यो ट्याक्सीबाट विश्वभर हरेक घण्टा करिब १ लाख मानिस उडाउने योजना राखिएको छ ।

यो ड्रोनले वातावरणलाई प्रदुषित गराउनेगरी आवाज निकाल्ने छैन । दुई जना यात्रु बोकेर २७ किलोमिटरसम्म उड्न सक्ने यसको क्षमता रहनेछ ।
र यसका निर्माता रोसबर्गले भनेका छन्, ‘यो धनी व्यक्ति चड्ने साधन मात्र बन्ने छैन, यसको दररेट अहिलेका ट्याक्सीकै जस्तो हुनेछ ।’

यसलाई ‘इको फ्रेन्ड्ली’ ट्याक्सीका रुपमा विकास गर्दै लैजाने र खनिज बस्तुहरुको प्रयोगलाई न्युनिकरण गर्दै वातावरणीय प्रदुषण कम गर्ने उद्देश्य पनि राखिएको निर्माताले बताएका छन् ।
 

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l