वार्नर, स्मिथ र बेनक्राफ्टबाट प्रतिबन्ध हटाउने क्रिकेट अस्ट्रेलियाको संकेत

२२ कार्तिक २०७५
banner

एजेन्सी। क्रिकेट अस्ट्रेलिया (सीए)ले बल टेम्परिङमा दोषी देखिएपछि प्रतिबन्ध लगाइएका तीन क्रिकेटरमाथिको प्रतिबन्ध हटाउने संकेत गरेको छ । खेलाडी युनियनको बढ्दो मागपछि स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरन बेनक्राफ्टमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी गरिएको हो । यी तीनैजनालाई दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा यही मार्चमा बल टेम्परिङमा दोषी पाइएपछि प्रतिबन्ध लगाइएको थियो । 

सीएका मुख्य कार्यकारी केभिन रोबर्टसका अनुसार युनियनको पत्र प्राप्त भएको छ र बोर्डले यस विषयमा विचार गरिरहेको छ । टिमका शीर्ष खेलाडीको अभावमा अस्ट्रेलियाले पछिल्ला सिरिजमा लगातार पराजय व्यहोरिरहेको छ । टेस्ट टिमले टिम पेनको कप्तानीमा पछिल्ला ३ टेस्टमा २ हारेको छ । वनडेको कप्तानी एरोन फिन्चले गरिरहेका छन् । वनडेमा इङल्याण्डसँग ५ खेल हारेको अस्ट्रेलियाले पर्थमा दक्षिण अफ्रिकाविरुद्धको वन डे पनि हारेको छ । टिमको हालत देखेर क्रिकेट विशेषज्ञहरुले पूर्व खेलाडीको प्रतिबन्ध हटाउने पक्षमा वकालत गरेका छन् । 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l