विश्वकप क्रिकेटका लागि अस्ट्रेलिया टिम घोषणा, वार्नर र स्मिथको पुनरागमन

२ बैशाख २०७६
banner

काठमाडौं । अस्ट्रेलियाले आगामी ३० मे देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

सोमबार घोषणा गरिएको टिममा एक बर्षे प्रतिबन्ध सकिएका पुर्व कप्तान स्टिभ स्मिथ र डेभिड वार्नरलाई समावेश गरिएको छ । हाल आइपिएल खेलिरहेका स्मिथ र वार्नर गत मार्चमा दक्षिण अफ्रीकाविरुद्धको टेस्ट क्रिकेटमा बल बिगारेको आरोपमा एक बर्षको प्रतिबन्धमा परेका थिए । क्रिकेट अस्ट्रेलियाले एरोन फिन्चको कप्तानीमा विश्वकपका लागि १५ सदस्यीय खेलाडी सार्वजनिक गरेको हो ।

अस्ट्रेलियन टिममा एरोन फिन्च (कप्तान), उसमान ख्वाजा, डेभिड वार्नर, स्टिभ स्मिथ, शन मार्श, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एलेक्स केरी, पाट कमिन्स, मिचेल स्टार्क, झि रिचार्ड्सन, नाथन कुल्टर नाइल, जेसन बेहरेनड्रोफ, नाथन लियोन र एडम जाम्पा रहेका छन् । अस्ट्रेलियाले विश्वकपको पहिलो खेल अफगानिस्तानसँग जुन १ मा खेल्ने छ ।

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।