वेष्ट ह्यामले हरायो आर्सनलाई

२८ पौष २०७५
banner

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ  । शनिबार भएको खेलमा आर्सनल वेष्ट ह्यामसंग १– ० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा वेष्ट ह्यामलाई जित दिलाउन डीक्लेन राइसले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै वेष्ट ह्यामले जित निकालेको हो ।

वेष्ट ह्याममा डेब्यु गरेका समीर नासिरीले उपलब्ध गराएको पासमा ४८ औं मिनेटमा राइसले गोल गर्दै वेष्ट ह्यामलाई जित दिलाए ।

आर्सनललाई हराएसंगै वेष्ट ह्याम लिगको आठौं स्थानमा उक्लिएको छ । वेष्ट ह्यामले २२ खेलबाट ३१ अंक जोडेको छ ।

हारसंगै आर्सनल भने चेल्सीसंग अंक बराबरी गर्न असफल भएको छ । आर्सनलले २२ खेलबाट ४१ अंक जोडेको छ ।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll