परपुरुषसँग पल्केकी श्रीमतिलाई घरभित्रै बन्द गर्दा ज्यान गुमाउनु पर्यो

२५ माघ २०७५
banner

एजेन्सी । फेसबुकका माध्यमबाट उनीहरुबीच मित्रता भएको थियो। थाहा भएन, कहिले उनीहरुबीच प्रेम भयो । उनी विवाहित महिला थिइन् । तर, प्रेममा उनलाई केहि देखिएन । अन्धो प्रेम । उनी प्रेमको नाउमा अँझै अगाडि बढिरहिन् । 

र यसपछि उनको प्रेमीलाई उनको श्रीमान तगारो बन्न थाल्यो । आखामा बिझ्याउन थाल्यो । यही बिन्दुबाट उसले प्रेमिकाको श्रीमानलाई आफ्नो प्रेम यात्राबाट हटाउने षडयन्त्र बनाउन शुरु गर्यो । र एक दिन विवाहित प्रेमिकाको श्रीमानलाई उसले मृत्युको निन्द्रमा सुताईदियो ।

हत्याको यो सनसनीपूर्ण घटना भारतको राजधानी दिल्लीको हो। जहाँ गीता कोलनीमा बस्ने एक महिलाको मित्रता फेसबुकका माध्यमबाट बुलन्दसहर बस्ने निखिल चौधरीसँग भयो । विस्तारै कुराकानी शुरु भयो । मित्रता भयो । दुबै अब भेट्न पनि थाले । विवाहित भए पनि महिला आफ्ना श्रीमानसँग लुकेर निखिलसँग भेट्थिइन् ।

एक दिन महिलाका श्रीमान रोहितलाई श्रीमतिको करतुत थाहा भयो । यसपछि रोहितले आफ्नी श्रीमतिलाई घरबाट बाहिर जान प्रतिबन्ध लगाई दियो । यस कुराले निखिल निकै रिसायो । 

प्रहरीका अनुसार निखिल ती महिलालाई यति माया गथ्र्यो की त्यसका लागि उसले महिलाका श्रीमानलाई सदाका लागि बाटोबाट हटाउने षडयन्त्र रच्यो ।

यसपछि अवसरको खोजीमा रहेको उसले मंगलबार उसले साथीसँग मिलेर कृष्णनगरमा रोहितलाई गोली हानेर मारिदियो । त्यो बेला रातीको १२ बजेको थियो र रोहित अटोबाट घर जाँदै थियो । 

हत्याको सूचना पाएपछि प्रहरी घटनास्थल पुग्यो र शव कब्जामा लियो । त्यसपछि पोस्टमार्टमका लागि शवलाई अस्पताल पठाइयो । 

प्रहरीले जब हत्याबारे अनुसन्धान शुरु गर्यो, निखिल बारे थाहा भयो । जब प्रहरीले निखिलको मुभमेन्ट चेक गर्दा सो दिन निखिल कृष्ण नगरमै रहेको पुष्टि भयो ।

यसपछि प्रहरीले उसलाई पक्राउ गर्यो । प्रहरीले पक्राउ गरेपछि निखिलले अपराध स्वीकारसमेत गरेको छ । तर, उसले आफ्नी प्रेमिकालाई असिमित प्रेम गर्ने पनि बतायो । उसले आफु र प्रेमिकाबीच आउने जो कोही पनि मारिने चेतावनी दियो । हाल निखिल प्रहरीको हिरासतमा छ । 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l