फेसबुक साथीको सहयोगमा पतिको हत्या, यसरी पर्दाफास भयो अपराध

२७ पौष २०७५
banner

एजेन्सी । भारतको नागपुरमा एक महिलाले प्रेमीको सहयोगमा आफ्ना पतिको निर्मम हत्या गरेको खुलासा भएको छ । यतिमात्र होइन यस हत्यालाई आत्महत्या बनाउने प्रयास पनि गरियो । तर प्रहरीको अनुसन्धानमा मामिला पुरा खुलासा भयो । हत्याको रहस्य पत्ता लगाएपछि प्रह्रीले प्रेमी र ती महिलालाई पक्राउ गरेको छ । 

हत्याको यो सनसनीखेज घटना नागपुरको नामदेव गार्डेनको हो । जहाँ प्रहरीले सूचनाका आधारमा एक २६ वर्षीय युवकको शव बरामद गरेको थियो । मृतकको नाम शेखर पौणिकार हो । प्रहरीले शवको जाँचमा सिरमा गहिरो चोट लागेको फेला पारेको थियो । साथै हातका नसा पनि काटिएका थिए । 

शवको सनाखत भएपछि एक २५ वर्षीय महिला प्रहरीमा पुगेर सो शव आफ्ना श्रीमानको भएको बताइन् । उनले गएको राती खाना खाएर घरबाट निस्केको तर, घर नफर्केको भनेर प्रहरीलाई बताइन् । साथै कुनै समस्याले गर्दा गएका दिनहरुमा श्रीमान समस्यामा रहेको र पटक पटक आत्महत्या गर्ने प्रयास गरेकोसमेत उनले बताइन् । 

प्रहरीलाई उनको कुरामा विश्वास लागेन । प्रहरीलाई उसको बयान कतैबाट पनि सत्य नलागेपछि रश्मी नामकी ती महिलालाई प्रहरीमै राखेर कडा सोधपुछ गरियो । त्यसपछि शेखरको हत्याको खुलासा भयो । उसको हत्या कुनै अरुले होइनकी उनकै श्रीमती रश्मीले आफ्ना प्रेमीको सहयोगमा गरेकी थिइन् । 

प्रहरीका अनुसार ६ वर्ष पहिला शेखरले रश्मीसँग बिहे गरेका थिए । उनीहरुको एक छोरा कुञ्ज (३) पनि छन् । सबै ठिकै चलिरहेको थियो । तर, यसैक्रममा फेसबुकमा रश्मीको मित्रता २१ वर्षीय युवक प्रज्जवलसँग भयो । कुरा मित्रताभन्दा अगाडि बढ्यो । दुबै नजिक भए । दुबै लुकेर भेट्न पनि थाले । 

यता रश्मी र प्रज्जवलको प्रेमज्वाला दन्किरहेको थियो उता शेखर नशामा डुबिरहेका थिए । उसलाई मदिराको नशा लागिसकेको थियो । यसैकारण उसले कैयौं पटक रश्मीलाई पिटेको पनि थियो । प्रायः नशाको तालमा उसले रश्मीलाई पिट्ने गरेको थियो । यसैकारण तनावमा रहेकी रश्मीले शेखरलाई आपनो बाटोबाट हटाउने षडयन्त्र रचिन् । 

यस षडयन्त्रमा उनले प्रेमी प्रज्जवललाई पनि सहभागी गराइन् । योजनाअनुसार मंगलबार राती शेखर नशामा डुबेर घर आएर सुतेपछि तयारी अवस्थामा रहेको प्रज्जवलाई रश्मीले घर बोलाइन् । दुबैले मिलेर शेखरको घाँटी थिचेर उसको हत्या गरिदिए । 

यस निर्मम अपराध यही सकिएन । उसको हत्यापछि दुबैले शेखरको शव बाइकमा राखेर नामदेव गार्डनमा फालिदिए । यसैक्रममा दुबैले एक ब्लेडले शेखरको हातको नसा पनि काटे । 

तर, प्रहरीको अनुसन्धानका अगाडि रश्मीको नाटकले काम गरेन। उनले सबै आरोप स्वीकार गरिन् । प्रहरीले प्रेमी प्रज्जवललाई पनि पक्राउ गरेको छ । 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l