तेह्र वर्ष अगाडि सपनामा देखेको त्यो नम्बर जसमा चिठ्ठा हाल्दा हात प‍र्‍यो लाखौं डलर

३० बैशाख २०७६
banner

बीबीसी । अस्ट्रेलियामा एक जना पुरुषले १३ वर्ष अगाडि सपनामा देखेको एउटा नम्बरमा चिठ्ठा हाल्दा दश लाख डलर जितेका छन्।

आफ्नो पहिचान खुलाउन नचाहने ती व्यक्तिले उक्त नम्बरहरू उनले एक रात सपनामा देखेको र ती नम्बरहरूमा उनले बारम्बार चिठ्ठा खेलिरहेको बताए।

उनले भने, ‘मैले मेरो टिकटलाई अनलाइनमा हेरेको थिएँ र समाचार थाहा पाएँ। मलाई लागेको थियो एकदिन मैले यी नम्बरमा जित्नेछु।’

भाग्यशाली नम्बर

विगतका अन्य वर्षहरूमा तिनै नम्बरमार्फत् आफूले अन्य पुरस्कारहरू पनि जितिसकेको उनले बताए। ‘ती वास्तवमै मेरा निम्ति भाग्यशाली नम्बर हुन्। त्यसैले म तिनमा चिठ्ठा खेलिरहन्छु’ उनले भने।

कुनै विजेताले आफूले सपनामा देखेको नम्बरबाट चिठ्ठा जितेको दाबी गरेको यो पहिलो घटना भने होइन। यो महिनाको सुरुमा अमेरिकामा एकजना महिलाले करिब एक लाख डलर जितेकी थिइन्।

उनले सपनामा एकजना पुरुष आएर आफूलाई भाग्यशाली नम्बर बताएको जनाएकी थिइन्।

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I